नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो।
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो। एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच भएको हो। दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ। लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।