मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु भएको छ। 

कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका ३० वर्षीय महराको गएराति कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। 

घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उनको उपचारको क्रममा निधन भएको हो। 

महरा कमेडी च्यासम्पियन सिजन–२ मा टप ४ सम्म पुगेको थिए। उक्त सिजनमा उनले राजनीतिक सटायरमा राम्रो छवि बनाएका थिए।