मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरिएको छ।

रंगेली नगरपालिका-८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको १ हजार र ५०० दरका नेपाली रुपैँया ४७ लाख ४९ हजार बरामद गरेको हो।

उक्त रकम बरामद भएसँगै घर धनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको छ।