वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनबाट उत्पादन भएका वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका छन्।
बुधवार काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रशोधन तथा बहु उपयोगी वस्तु र सेवाको उत्पादन गरी स्थानीय समुदायको आम्दानी एवम् रोजगारीको स्रोत उत्पादन गर्नुपर्ने बताए।
उनले भने,‘वनबाट उत्पादन भएका वनपैदावारहरु उद्योग व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ। निजी क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रशोधन तथा बहु उपयोगी वस्तु र सेवाको उत्पादन गरी मूल्य अभिवृद्धि मार्फत स्थानीय समुदायको आम्दानी र रोजगारीको श्रोत उत्पादन गर्नुपर्ने हुन्छ।’
उनले सामुदायिक वनमा नेपालले प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा गरेको योगदान अन्य मुलुकहरूको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ।
उनले भने,‘सामुदायिक वनमा प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र गरेको योगदान आज अन्य मुलुकहरूको लागि प्रेरणाको स्रोत बनेको छ। देशको आर्थिक तथा सामाजिक अवस्थामा आएको परिवर्तनको कारण बसाइसराइले गर्दा वनमाथिको दृढता घट्दै गएको छ।’
जैविक विविधता संरक्षण एवम् जलवायु परिवर्तन र जलवायु उत्थानशीलतालाई एकीकृत गर्न नीतिहरुलाई समय समयमा पुर्न विचार गर्नुपर्ने उनको भनाई छ।