संखुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकालु गाउँपालिका–२ बुम्लिङ का ३० वर्षीय लाक्पा शेर्पा रहेका छन्।
उनलाई एक थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित मङ्गलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाएर राखेको बन्दुक र बारुद फेला पारेको जनाइएको छ।
यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।