झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टा छुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
झापा कन्काई नगरपालिका-८ लक्ष्मिपुर स्थित पुर्व पश्चिम लोकमार्गमा ना.४ च ४०८४ नम्बरको छोटा हात्ति गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिँदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल झापामा मृत्यु भएको थियो।
यसैगरी, सुनसरीको ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा स्थानिय ९३ वर्षीय अमर बहादुर अधिकारीलाई नम्वर नखुलेको सवारी साधनले ठक्कर दिदा घाईते भई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो।
हरीनगर गाउँपालिका-४ स्थित भित्री सडक खण्डमा को.१ ख ६४३१ नम्बरको टिफरको ठक्करबाट साईकल यात्री देवानगंज गाउँपालिका-७ का ५० वर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको थियो भने उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेमा बा. प्र.०१-००६ ख ५८७१ नम्बरको हाईस गाडीको ठक्करबाट घाईते भएका पैदल यात्री त्रियुगा नगरपालिका-११ का ५५ वर्षीय परनसेर राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको छ।