मकवानपुरको बकैया गाउँपालिकामा जारी क्लब स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आयोजक जनता एकता क्लब फाइनलमा प्रवेश गरेको छ।
शनिवार वडा नम्बर–५ स्थित कर्मा चुलीमा भएको दोस्रो सेमिफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई टाई ब्रेकरमा ३–२ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो।
खेलको म्यान अफ द म्याच आयोजक जन एकताका गोलरक्षक सुजन बल घोषित भए।
जितसँगै आयोजकले बकैया खेलकुद विकास समितिसँगको भेट पक्का गरेको छ। यसअघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल आइतबार दिउँसो १ बजे सुरु हुने क्लबका अध्यक्ष कृष्ण घतानीले बताउनुभयो। प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।