मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो।

रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो।

यसैगरी, २२ वर्षीया बिनिता हेमरमको समेत स्वास्थ्यमा समस्या देखिएको छ। उनको चट्याङपछि कानबाट रगत बगेको थियो। उपचारका लागि उनलाई रंगेली अस्पतालमा भर्ना गरिएको छ।