इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको छ।
पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए।
“मंगलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट चेकप्वाइन्ट अगाडि पल्टिएपछि आगलागी भएको थियो।‘आगलागीमा परेर बुधबार बिहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
याज्द प्रान्तका संकट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताए।
मालेक–जादेहले भने,‘मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन्। घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ।’