राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

उनले भने,‘हामि राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँको कमलादी प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेलाको तयारीका लागि हामी सबै जुटेका छौँ, आयोजक केन्द्रीय समितिलाई नै मानिने छ, त्यसअन्र्तगत उपसमितिहरु बन्ने छन्।’

राष्ट्रिय भेलाको तयारीका लागि सातै प्रदेशमा कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

यस्तै रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने जनाएको छ। प्रवक्ता झाले रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उप नर्वाचनमा भाग लने निर्णय भएको जानकारी दिए।

‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी भाग लिनेछौँ। त्यसका लागि आजको बैठकमा व्यापक छलफल भएको छ,’ उनले भने।

साथै रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आजको बैठकले ढकाललाई एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।