झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन्।

आरोपीको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए। कुखुराको खोरमा लुकाएर राखेको पेस्तोल फेला पारी ईलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ।