गृहमन्त्री रमेश लेखकले सबै दलहरु मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन्।
आज (बुधबार) टीआरसी विधेयकमा सहजिकरणका लागि कार्यदलले तयार पारेको सहमति सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताएका हुन्।
उनले भने,‘हामीले एउटा ठुलो उपलब्धि सबै दलहरू मिलेर प्राप्त गरेका छौँ भन्ने हामीलाई लागेको छ, किन भने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गयौँ, शसस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भइसकेपछि मुलुकले धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ।’
साथै उनले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गरे। उनले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताए।