मोरङको जहदा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन्।
हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ।