नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। 

दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। 

गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरु बैठकका मुख्य एजेण्डा रहेका छन्। 

महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ।

बैठकले महासमिति बैठकबाट पारित नीति, सांग्ठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ। 

पार्टीका भ्रातृ  संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ।