झापा बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका कपडा सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।
बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए।
यस्तै, अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको दुई लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताएका छन्।