नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन्। सोमबार सभापति देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन्।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिए। यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको पार्टीका ३७ वटा विभाग गठनको प्रस्ताव सभापति देउवाले रोकेका थिए।

कांग्रेसको विधानअनुसार महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्छ तर दुई वर्ष बितिसक्दा १७ विभाग मात्रै घोषणा गरिएका छन्। सोमबार थप ३७ विभाग गठन गरिएको हो।