थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन्। 

त्यसैगरी,  राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन्।

महिला माईनस–३८ केजी तौलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अङ्कको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन्।

राजेन्द्र तामाङले–६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा थापा–४७ केजी तौलको कम्बोडिया खेलाडी संग पराजित भई काश्य पदक प्राप्त गरे। यस्तै चन्द्र बहादुर बोहोराले काश्य पदक जितेका थिए। 

नेपालले २ रजत २ काश्य गरी जम्मा ४ पदक ल्याए। च्याम्पियनसिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो।