सौर्य एयरलाइनसको जहाज दुर्घटनामा परेर विराटनगरका तीन जनाले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेहरूमध्ये जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र चिफ अफ सेफ्टी सागरराज आचार्य रहेका छन्।
जहाजका को-पाइलट कटुवाल विराटनगरस्थित आयल निगम क्षेत्रका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए।
त्यसैगरी, दुर्घटनामा ज्यान गुमाएका इन्जिनियर निरौला र सौर्य एयरका सुरक्षा प्रमुख सागर आचार्य पनि विराटनगर कै बासिन्दा रहेका छन्।
सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन एक जना मात्रै बाँचेका छन्। मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ।
बुधबार बिहान ११ः१५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो।