राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले देशको जुनसुकै ठाउँमा कारोबार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सटिफिकेट हुनुपर्ने बताएका छन्। 
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पराजुलीले नेपाली नागरिकले व्यवसाय गर्दा सुरूमै दर्ता गरेर सर्टिफिकेट हुनुपर्ने जनाएका हुन्। 
उनले भने, ‘आज हामी जे गरिरहेका छौँ, यसलाई डिजिटलमा कल्भर्ट गर्दैछौं, व्यवसाय गर्दा कता दर्ता गर्ने भन्ने अचम्मको कुरा छ। नेपाली नागरिकले नेपाल भित्र व्यवसाय कारोबार गर्दै गर्दा खेरी सबैभन्दा पहिला नेपालको सम्बन्धित निकायमा दर्ता गर्नैपर्छ, तर देशको जुनसुकै ठाउँमा कारोबार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनै पर्छ। ’ 
साथै उनले यो व्यवसायलाई दर्ता गर्न डिजिटल प्रणालीमा परिवर्तन गरेर लग्ने पनि बताए।