जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ।

अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

निलम्बनमा पर्नेमा सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती पनि छन्। त्यस्तै पूर्वमिर्चैया नगर सचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई पार्टीले निलम्बन गरेको छ।

नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण सचिव साह निलम्बनमा परेका हुन्।