आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन। मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्। यसैगरी राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले ‘संसद्लाई सत्ताको जोड घटाउ गर्ने स्थल नबनाउन आह्वान गरेका छन्।
मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ। संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन्।