झापामा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार राज्य किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम रहेका छन्।

आलमको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगरसहित ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय नगद र एउटा मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ।

शनिबार साँझ करिब साढे ६ बजेको समयमा झापा गाउँपालिका–५, पान्तपाडामा चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट बीआर ३७ एच ९५५५ को मोटरसाइकलमा सवार आलमको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको हो।