सुनसरी र सप्तरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

सुनसरीको कोशी गाउँपालिका-१ लौकी घर भई इटहरी उपमहानगरपालिका-१३ स्थित रिलायन्स फर्मा पोली प्रा.लि.मिनिरल वाटर बोतल बनाउने कम्पनीमा काम गर्ने २७ वर्षीय अर्जुन कुमार यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो। सोही कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

यसैगरी, सप्तरीको सुरूङ्गा नगरपालिका-११ रामपुर बस्ने ५० वर्षीया उर्मिला देवी थरूनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ। आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।