नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतबाट फोन नलाग्ने र एसमएम नजाने समस्या देखा परेका छन भने मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ।

सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरु प्रभावित भएका छन्। सेवामा समस्या आएकोबारे टेलिकमले कुनै जानकारी दिएको छैन।