कोशी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ ।

शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि आज बसेको प्रदेश सभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो ।

१ असारमा सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।  चार दिन लगातार छलफलपछि बजेट पारित भएको हो । बजेट पारितपछि प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगीत भएको छ ।