गुरुकुल पाठशालामा कक्षा ११ मा भर्ना खुल्यो

बेलबारी ः मोरङको बेलबारी नगरपालिका ३ स्थित गुरुकुल पाठशालामा यसै  शैक्षिक सत्र देखि   कक्षा ११ मा संचालन हुने भएको छ ।

विज्ञान र व्यवस्थापन सङ्कायमा संचालन गर्न लागिएको  विद्यालयका प्रधानाध्यापक कुमार खुलालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि कम्प्युटर विज्ञान विषय वैकल्पिक विषयका रूपमा गुरुकुलमा अध्ययन गर्न पाउनेछन् । कक्षा सञ्चालनबारे जानकारी दिन विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुवै सङ्कायका कक्षा सञ्चालनका लागि दक्ष तथा अनुभवी शिक्षकहरूको समूह छनौट गरिसकिएको बताए । अब विज्ञान र व्यवस्थापन विषय पढ्न विद्यार्थी अन्यत्र जान नपर्ने उनको भनाइ थियो । विद्यालयले कक्षा ११ का दुवै सङ्कायमा भर्ना हुने पहिलो ३० जना विद्यार्थीलाई २५ प्रतिशत छुट दिइने बताउँदै उनले प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि विशेष छुटको व्यवस्था गरिने स्पष्ट पारे ।

विद्यालयका सञ्चालक समिति अध्यक्ष माधवराज थापाले विद्यालयले नगरपालिकाबाट अनुमति लिएर मात्र कक्षा ११ मा भर्ना खुलाएको बताए । विज्ञान सङ्कायका कक्षा सञ्चालनका लागि रसाायन विज्ञान, जीव विज्ञानजस्ता विधाका प्रयोगशालाको व्यवस्था गरिसकिएको बताउँदै उनले बेलबारीका विद्यार्थीका लागि आवश्यक पर्ने सबै शैक्षिक पूर्वाधारको व्यवस्था आफूहरूले मिलाउने दाबी गरे ।

gurukul 02

विद्यालयका रोबोटिक्स प्रशिक्षक अनिल कार्कीले रोबोटिक्स विषय इन्जिनियरिङको एउटा विधा भएको बताउँदै सो विधामा विद्यार्थीको रुची जगाउन विद्यालयले असार ९ गतेदेखि एक हप्तासम्म रोबोटिक्स विषयको निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको जानकारी दिए । रोबोटिक्सले विद्यार्थीलाई प्रविधिसँग जोड्ने र उनीहरूको सृजनशीलता वृद्धि गर्ने उनको जिकिर थियो ।

गुरुकुल पाठशाला बेलबारी नगरपालिकाले क बर्गमा बर्गक्रित गरेको बिधालय हो।