विराटनगर, असार ०७ गते।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह एक्ष्त् र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा विराटनगर-४ का २४ बर्षीय गणेश भन्ने रमेश यादबलाई पक्राउ गरेको छ। असार ५ गते बुधबार राती रमेश यादबले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका-१२ सुनसरीका २३ बर्षीय अक्लेश कुमार यादबलाई सामान्य वाद विवादका क्रममा धारीलो हतियार छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते भएका यादबको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो। घटनामा संलग्न रमेश यादबलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो। पक्राउ परेका यादबको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ।