विराटनगर, असार ०७ गते
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ट उपरिक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ।
आज दिउँसो कार्यालयको सभाहलमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले विपदमा परेका मानिसहरुको उद्दार कार्यमा खटिदा आम नागरिकको जन धनको सुरक्षामा आशा, भरोसा र बिश्वास बढ्ने गरी उद्दार कार्य गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै तालिमबाट प्राप्त ज्ञान र शिपको उच्चतम प्रयोग गरी कार्यक्षेत्रमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो। ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृत सहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।