नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन्।

शुक्रवार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले योग नेपाल भूमिबाट नै सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताए। अध्यक्ष ओलीले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए। उनले योग मानव समाज व्यापी हुन जरुरी रहेको धारणा राखे।

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको जानकारी दिए। योग भनेको अनुशासित र पवित्र जीवन रहेको बताए। उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे।