राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन्।

सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताइन्। उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई आग्रह गरिन्।

कार्कीले भनिन्, ‘स्वस्थ्य क्षेत्रमा आम नागरिकको पहुँचका लागि स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनुपर्छ।’