भारतमा लोक सभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र विपक्षी कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।
हालसम्मको रुझानले मत सर्वेक्षणको नतिजा नमिलेको देखिन्छ। विभिन्न टेलिभिजन च्यानल र न्युज एजेन्सीहरुले गरेको मत सर्वेक्षणमा भाजपा नेतृत्वको गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको थियो। यसैगरी विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख थियो।
तर अहिलेसम्मको रुझानमा एनडीए गठबन्धन ३०० सिटसम्म पनि पुग्न नसक्ने जस्तो देखिएको उल्लेख गरेका छन्।
भारतको निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म भाजपा २३८ सिटमा अगाडि छ। विपक्षी इण्डिया गठबन्धन २०० सिटमा अगाडि छ। कांग्रेस ९९, समाजवादी पार्टी ३७, तृणमुल कांग्रेस ३२ र डिएमके २१ सिटमा अगाडि छन्।
सन् २०१९ मा भाजपाले ३०३ सिट जितेको थियो।