सुनसरीको धरान उप-महानगरपालिका-१७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमवार राती १० बजे स्थानीय ४० बर्षीय दरेश राई सामुदायिक वन एरियामा भरुवा बन्दुक बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले लोड भएको भरूवा बन्दुक १ थान, बारूद र छर्रासहित राईलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ।