संखुवासभाको खाँदवारी नगरपालिका-११ घर भई खाँदवारी नगरपालिका(७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सिलिचोङ गाउँपालिका-२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो।

घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका-७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ।