मोरङको कानेपोखरी गाउँपालिका–७ शुक्रबारे टोलमा नालीमा लडेर आइतबार राति एक जना वृद्धा महिलाको मृत्यु भएको छ।
घरनजिकको निर्माणाधीन नालीमा लडेर ७३ वर्षीया इन्द्रकुमारी लिम्बूको मृत्यु भएको हो। प्रहरीका अनुसार राति ९ बजेतिर अचानक नालीमा लडेर लिम्बू गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि विराटनगरको आर्या न्यूरो अस्पताल ल्याइएको थियो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ। घरमा वृद्धा एक्लै बस्दै आएको खुलेको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।