सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन्।

मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट जुगल गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।

महतो तत्काल उद्दार गरेर प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको थियो। प्रादेशिक अस्पतालले रेफर गरेपछि उनलाई अहिले ग्वार्कोस्थित विएण्डबी अस्पतालमा भर्ना गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बताएको छ।