सुनसरीस्थित बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट करिब ४ सय ६ किलो ९ सय ४० ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन्।
ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गतराति गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारेको हो।
सो क्रममा चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।