उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा उद्यमीले देश विकासमा समेत योगदान गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को बिहीबार काठमाडौंमा आयोजित २४ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतमा काम गरिरहेको समेत बताए । उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर सोचिरहेको समेत उनले जानकारी दिए ।