कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्षक खापुङले बुधबार कार्यभार सम्हालेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पछि उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल््याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्वेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।