भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।
जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटना क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका छन्। तीमध्ये १६०० भन्दा बढी जम्मु–कश्मीर प्रहरी रहेको उनले बताएका छन्।
देशका विभिन्न सेनाका करिब ६००० बहादुरहरूले सर्वोच्च बलिदान दिएका छन् भने ती मध्ये १६०० भन्दा बढी जम्मु र कश्मिर पुलिसका मात्र रहको स्वेनले १२औं शहीद स्मारक क्रिकेट प्रतियोगिताको समापन समारोहमा बताएका छन्।