भूकम्प सुरक्षा दिवस÷ विराटनगर

विराटनगर, २ माघ ।

२६ औं भूकम्प सुरक्षा दिवस विराटनगरमा स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔुं भन्ने नाराका साथ अन्तक्रिर्या कार्यक्रम आयोजना गरि मनाइएको छ ।  

 मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ र संघिय आयोजना कार्यान्वयन इकाई विराटनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विपद् आउन नदिन सम्बन्धित निकाय र स्वयं व्यक्ति नै जिम्मेवार बन्नुपर्ने सहभागिहरुले आग्रह गरेका थिए ।  

सो अन्तक्रिर्या कार्यक्रममा अहिले पनि राष्ट्रिय भवन निर्माण संहिताको पालना नभईरहेको प्रति कार्यक्रमका सहभागिहरुले  टिप्पणी गरेका छन् । उनिहरुले राष्ट्रिय भवन संहिताको मापदण्ड पालना गरिए भुकम्पबाट हुने क्षति ९० प्रतिशत न्यून हुने धारणा राखे ।

सो कार्यक्रममा संघिय आयोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख सुरेन्द्र कुमार साहले भुकम्पको भविष्यबाणी सम्भव नभएपनि भुकम्पबाट बच्न र बचाउन अवश्य सकिने र यसका लागि भवन निर्माण संहिता पालना गर्न आग्रह गर्नुपर्ने बताए ।


सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरु, विभिन्न कार्यालयका कर्मचारीहरु , संघसस्थाका प्रतिनिधीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।