नेपाली ख्रिष्टियन नागरिक संघ, मोरङ जिल्लाको नयाँ समिति चयन भएको छ। संघको केन्द्रिय कार्यसमिति पदाधिकारीहरुको उपस्थितिमा कबिन्द्रमणि राईको नेतृत्वमा नयाँ कर्यसमिति चयन गरिएको हो ।

आइतबार बेलबारीमा सम्पन्न एक भेलाले संघको जिल्ला उपाध्यक्षमा टंक बहादुर लिम्बू र रतन राउतलाई चयन गरेको छ। त्यस्तै सचिवमा  धन बहादुर राई, सह-सचिवमा खिलराज तामाङ र कोषाध्यक्षमा राधा संग्रौलालाई चयन गरिएको छ। सदस्यहरुमा भक्त बहाद्र लिम्बू,चहक राई, मार्था तामाङ, काशीनाथ राजवंशी र सल्लाहकारमा चन्द्र कुमार लिम्बू चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष हरि थापाले ख्रिष्टियनहरु (इसाई) प्रति राज्य अझैपनि अनुद्दार भएको बताए।ख्रिष्टियनहरु शान्तिप्रिय भएकाले आफ्नो हक र अधिकार प्राप्त गर्न शान्तिपूर्ण ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

त्यस्तै संघका प्रवक्ता एवं संस्थापक अध्यक्ष टीकाराम आचार्यले देशको कानुनको पालना गर्नु, सरकारलाई शान्ति-सुरक्षा कायम गर्नका लागि आफ्नो तर्फबाट सहयोग गर्नु प्रत्येक ख्रिष्टियन नागरिकको कर्तव्य भएको र धर्म ग्रन्थ पवित्र बाबलले पनि सो कुरामा जोड दिने बताए । 

वि.सं.२०७३ सालमा स्थापना भएको ख्रिष्टियन नागरिक संघले नेपाली ख्रिष्टियनहरुको हकहित र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।