जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन्। संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन्।

छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरू हात्तीले मानिसप्रति आक्रामक व्यवहार देखाउने उहाँले बताउनुभयो । बस्तीतिर छावासँगै हात्तीको हूल पस्यो भने बढी क्षतिको सम्भावना हुन्छ।

मोरङको बेलबारीमा बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत र पथरी नजिक पाँचपोखरी वन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रूख बिरुवा, फराकिलो प्राकृतिक पोखरी रहेको हुनाले त्यस क्षेत्रमा हात्तीले छावा जन्माएको स्थानीयवासीले देखेर वन कार्यालयमा जानकारी दिएका छन्।