बागलुङमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्ती मगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको र घाइते ९ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।