धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागूऔषधको समस्या बढिरहेको पाइएको छ।
अघिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा यसरी लागूऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
बेरोजगार युवा र विद्यार्थीको सङ्ख्या पनि बढिरहेको २०७७/७८ मा लागूऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना,२०७८/७९ मा ३६ र २०७९/८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए ।
बेरोजगार युवा २०७७/७८ मा पाँचजना र २०७८/७९ मा दुईजना पक्राउ परेकामा २०७९/८० मा २२ जना पक्राउ परेका थिए।
लागूऔषधका कारोबारीहरुले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार धरानमा अवैध रुपमा प्रतिबन्धित औषधिहरुको प्रयोग बढिरहेको छ।