नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ। उहाँका अनुसार लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगो रुपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालय र लिमिटेडबीच सम्झौतासमेत भएको छ।