काठमाडौं, १८ पुस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
छिमेकी मुलुकहरुमा कोभिड-१९ को नयाँ सब भेरियन्ट जे.एन.१ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको हो ।
मंगलबार मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञापन जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गर्नुभएको छ।
मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु,स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरु मार्फत आवश्यक निगरानी भइरहेको र कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।