विराटनगर, १७ पौष ।

 किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय मोरङले हात्तिपाइले रोग निवारणका लागि हात्तिपाइले रोग विरुद्धको औषधी ख्वाउन मोरङमा इपिडेमिओजिकल मोनिटरिङ अर्थात इएम र्सर्भे गरेर मात्र क्षेत्र छनौट गरिने भएको छ । 

 मंगलबार विराटनगरमा आयोजना गरिएको अभिमुखि कार्यक्रममा मोरङमा हात्तिपाइले रोगको विरामीहरु भेटिएपछि १२ औं चरणमा पनि हात्तिपाइले रोग विरुद्धको आम औषधी ख्वाउने अभियान गत फागुनमा संचालन गरिएको जाकारी गराईएको थियो । सो अभियानमा करिब ११ लाख २९ हजार जनसंख्यालाई हात्तिपाइले रोग विरुद्धको औषधी ख्वाइएकोमा अब र्सर्भे गरेर त्यस क्षेत्रका स्थानीयलाई मात्र औषधी ख्वाइने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । यसका लागि मोरङलाई ३ वटा क्लस्टरमा विभाजन गरिएको र कुनै एउटा क्लस्टरमा हात्तिपाइले रोगी भेटिएमा त्यहि क्षेत्रका स्थानीयलाई मात्र औषधी ख्वाइने जानकारी दिए ।

हात्तिपाइले रोग निवारण सम्बन्धी इएम र्सर्भे कार्यक्रम बारे जानकारी दिन विराटनगरमा आयोजित अभिमुखिकरण गोष्ठीमा र्सर्भेको उद्देश्य, यसको कार्यान्वयन र हात्तिपाइले रोग निवारणका लागि स्थानीय तहले गर्नुपर्ने कार्यहरु बारे प्रकाश पारिएको थियो ।

सो कार्यक्रममा मोरङका विभिन्न पालिकाका स्वास्थ्य महाशाखा प्रमुखहरु र स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।