संखुवासभा,  १६  पुस

संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन्। तामाङले गत राती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए। 

ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ। बिहान पौने पाँच बजेको आसपासमा बेहोस अवस्थामा फेला पारेका र अस्पताल पुर्याएपछि बचाउन नसकिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो। ४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताउनुभयो।