काठमाडौं,  १६  पुस 

जनमत पार्टीका अध्यक्ष सीके राउत माइतीघरबाट पक्राउ परेका छन्। निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई सोमबार बिहान प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो।

उनी सहित ५१ जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख ए.आई.जी दिपक थापाले जानकारी दिनुभयो। निषेधित क्षेत्र तोडेर सडकमै सुत्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिएको ए.आई.जी थापाले जानकारी दिनुभयो । 

राउत सहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस शुरु गरेपछि मधेशमा धोती दिवस मनाउन थालिएको छ ।