उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खुला रुपमा माछा मासु विक्री गर्ने पसलहरुलाई बुढीगंगा गाँउपालिकाले प्रोत्साहन स्वरुप सुविधा सम्पन्न शो केस र डिजिटल काँटा लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरेको छ । 

 चालू आर्थिक वर्षभित्र १५ वटा मासु पसलहरुलाई करिब २० हजार रुपैया बराबरको मासु राख्ने शो केश, चक्कु, डिजिटल काँटा लगायतका सामग्री वितरण गरिने बुढीगंगा गाँउपालिकाले जनाएको छ । स्वच्छ मासु, स्वस्थ जीवन, स्वस्थ उपभोक्ता, बुढीगंगाको अभियान भन्ने नारा सहित शुरु गरेको मासु पसल सुधार कार्यक्रम अन्र्तर्गत खुला रुपमा माछामासु बेच्ने पसलहरुलाई अनिवार्य रुपमा दर्ता गर्न लगाउने र उनीहरुलाई निशुल्क रुपमा माछामासु राख्ने शो केश, चक्कु, डिजिटल काँटा लगायतका सामग्रीहरु वितरण गर्न थालेको हो ।सामान वितरण गर्नु अघि माछा मासु पसल विक्रेताहरुलाई खुला रुपमा माछा मासु बेच्दा हुने स्वास्थ्यमा हानी नोक्सानी र मासु जाँच ऐन बारे प्रशिक्षण दिइएको पशु सेवा शाखाका प्राविधिकले जानकारी दिए ।

masu2

 बुढीगंगा गाँउपालिकाले सडक छेउछाउ माछा मासु बेच्ने ३५ जना विक्रेताहरुलाई स्वच्छ मासु विक्रीबाट हुने फाइदा, कानुनी कारवाही र मासु जाँच ऐन बारे प्रशिक्षण दिएको थियो । उनले गाँउपालिकामा संचालित मासु पसलले सो गाँउपालिकामा अनिवार्य दर्ता गर्नु पर्ने र नगरे वन्द गरिने बताएका छन् । 

बुढीगंगा गाँउपालिकाले निशुल्क रुपमा प्रशिक्षण र सामग्री वितरण गरेपछि मासु विक्रेताहरु पनि उत्साहित भएका छन् । उनिहरुले यो मन्दिको वेलामा गाँउपालिकाले धेरै ठुलो सहयोग गरेको बताए । 

masu